काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनको शंकास्पद गतिविधि देखिएपछि गृह मन्त्रालयमा निलम्बन गर्न सिफारिस गरेको हो ।
केसीलाई सुन व्यापारीसँग रकम र सुन असुली गरेको सूचना पाएपछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आइतबार पक्राउ गरेको थियो ।
प्रहरीले उनको घरबाट ३५ तोला सुन र १८ लाख रुपैयाँको चेक समेत बरामद गरेको थियो ।