काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारको प्रवक्ताको प्रस्ताव अस्वीकार गरेका छन् ।
प्रवक्ताको जिम्मेवारी लिन रवि नमानेपछि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेललाई उक्त जिम्मेवारी दिएको हो ।
मन्त्रिपरिषद बिस्तार नहुन्जेललाई मात्र सोमबार प्रवक्ताको जिम्मेवारी पौडेललाई दिइएको हो ।
पछि सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई प्रवक्ताको जिम्मेवारी दिइनेछ ।