काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संकटमा रहेको अर्थतन्त्रलाई सुधार गर्ने बताएका छन् ।
सपथ लगतै कार्यभार सम्हाल्न मन्त्रालय पुगेका पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै अर्थतन्त्र बिग्रीनुको कारण खोज्ने बताएका थिए ।
मन्त्री पौडेलले मुलुकमा देखिएको अर्थतन्त्र व्यवस्थापनमा लाग्ने बताए । अर्थमन्त्रीका रुपमा पौडेलको यो तेस्रो कार्यकाल हो ।