चीनमा कोभिड संक्रमणदर दैनिक १ लाख | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

चीनमा कोभिड संक्रमणदर दैनिक १ लाख

एजेन्सी ।  चीनको सांघाई नजिकैको ठूलो औद्योगिक प्रान्त झेजियाङ दैनिक करिब एक लाख नयाँ कोभिड संक्रमणसँग जुधिरहेका छन् । आगामी दिनमा यो संख्या बढेर दोब्बर हुने अपेक्षा गरिएको त्यहाँको सरकारले जनाएको छ ।

संक्रमण राष्ट्रव्यापी रूपमा बढिरहेको रेकर्ड संख्यामा भएपनि शनिबारदेखि पाँच दिनसम्म कसैको पनि कोभिडबाट मृत्यु नभएको चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले जनाएको छ ।

करोडौं नागरिकलाई अथक तालाबन्दीमा राखेको बेइजिले शून्य–कोभिड नीतिमा व्यापक परिवर्तन गरेपछि विज्ञहरूले थप सटीक तथ्यांकको लागि आह्वान गरेका छन् ।

राष्ट्रिय स्वास्थ्य आयोगले लक्षणविहीन संक्रमणहरू रिपोर्ट गर्न बन्द गरेपछि यसले केसहरू ट्र्याक गर्न गाह्रो बनाएको बताइएको छ । आइतवार आयोगले कोभिडसम्बन्धी दैनिक तथ्यांक रिपोर्ट गर्न बन्द गरेको थियो । आयोगको सट्टा सीडीसीले तथ्यांक प्रकाशित गर्ने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);