अस्ट्रियामा हिमपहिरोमा १० जना पयर्टक पुरिए | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

अस्ट्रियामा हिमपहिरोमा १० जना पयर्टक पुरिए

भियन । पश्चिमी अस्ट्रियाको लेच–जुएर्स फ्री स्कीइङ क्षेत्रमा आइतवार भएको हिमपहिरोमा झण्डै १० जना पयर्टक पुरिएको अस्ट्रियन प्रेस एजेन्सी ९एपीए०ले रिपोर्ट गरेको छ । हिपहिरोमा पुरिएकामध्ये एक व्यक्तिलाई उद्धार गरिएको अधिकारीहरूले जनाएका छन् ।

‘एकजनाको सफलतापूर्वक उद्धार भएको छ भने अरुलाई खोज्ने प्रयास जारी छ’ प्रहरीले भनेको छ । हिमपहिरो स्थानीय समयअनुसार क्रिसमसको दिन दिउँसो ३ बजे गएको थियो । लगत्तै खोजी टोली र विभिन्न हेलिकप्टरहरू तैनाथ गरिएको थियो ।

‘फसेकाहरूलाई बचाउनको लागि सक्दो प्रयास गरिरहेका छौं’ लेचको नगरपालिकाले भन्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);