पोखरा अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरको जेट विमान अवतरण | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरको जेट विमान अवतरण

पोखरा । पोखरामा पहिलोपटक जेट विमान अवतरण भएको छ । सौर्य एयरलाइन्सले आइतबार पोखरा अन्तराष्ट्रिय विमानस्थलमा बम्बार्डियर सिआरजे २०० विमान अवतरण गरेको हो । आउँदो जनवरी १ देखि नियमित उडान भर्नका लागि अभ्यास स्वरुप सौर्यको विमान पोखरा ल्याएको कम्पनीले जनाएको छ ।

सौर्यले अब दैनिक २ उडान भर्ने जनाएको छ । यूरोप, अमेरिका तथा अन्य देशमा उडान गरिरहेको सिआरजे २०० जहाजमा जेट इन्जिन भएकाले सुरक्षित, आरामदायी एवं द्रुत गतिको मानिन्छ । ‘हाम्रो सेवाले पर्यटनको राजधानी पोखराको पर्यटनमा टेवा पुग्ने विश्वास लिएको छु,’ अध्यक्ष दीपक पोखरेलले भने, ‘आन्तरिक उडानका लागि लोकप्रिय हाम्रा जहाजको सेवाले यात्रुको मन जित्नेमा आशावादी छु ।’

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा यसअघि बुद्ध र यती एयरलाइन्सले परीक्षण उडान भरेका थिए । जनवरी १ देखि विमानस्थल सन्चालनको तयारी गरिएको छ ।

 

Leave a Reply