आज र भोलि यी स्थानमा हुँदैछ हिमपात, सतर्कता अपनाउन आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

आज र भोलि यी स्थानमा हुँदैछ हिमपात, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा हुनेछ भने बाँकी भू–भागमा मौसम सफा रहने जल तथा मौसम विभागले जनाएको छ ।

आज दिउँसो सुदुर–पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य वर्षा हुने बाँकी प्रदेशमा मौसम सफा रहनेछ । त्यस्तै, हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आइतबार राती सुदुर–पश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य वर्षा हुनेछ । बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सफा रहनेछ। हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

पुस ११ गते (सोमबार) दिउँसो मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा सामान्य वर्षा हुनेछ । र बाँकी भू–भागमा मौसम सफा रहनेछ। हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यस्तै सोमबार राति देशका पहाडी भू–भागमा सामान्य वर्षा हुने विभागले जनाएको छ । बाँकी भू–भागमा मौसम सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने संभावना रहेको छ । हिमपातले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);