नेपाली भलिबल टोली पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

नेपाली भलिबल टोली पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित

काठमाडौं । नेपाली यु–२३ भलिबल टोली बंगलादेशको राजधानी ढाकामा भएको साभा भलिबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो ।

पहिलो सेट २६–२४ ले गुमाएको नेपाली टोलीले दोस्रो सेट २५–२२ ले गुमाएको हो । नेपालले अन्तिम सेट २५–२१ ले गुमायो । बिहीबारदेखि सुरु भएको  च्याम्पियनसिप ११ सम्म चल्नेछ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ ।

नेपालले च्याम्पियनसिपको दोस्रो खेलमा पुष ८ गते श्रीलंकासँग खेल्दा पुष ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);