एजेन्सी । भारतका स्वास्थ्य मन्त्रीले सार्वजनिक स्थानमा मास्क लगाउने सहित कोभिड–उपयुक्त व्यवहारमा फर्किन आह्वान गरेका छन् ।
स्वास्थ्य अधिकारीहरूले पनि मानिसहरूलाई खोप लगाउन र बुस्टर डोज लिन आग्रह गरेका छन् । संक्रमणको स्तरमा कमी आएपछि भारतले यस वर्षको सुरुमा मास्क लगाउने नियमलाई खुकुलो पारेको थियो ।
तर छिमेकी राष्ट्र चीनमा संक्रमण वृद्धिले देशलाई सतर्कतामा राखेको छ ।
केही महिना यता भारतले बीएफ ७ का कारण चार वटा कोभिड–१९ मामिलाहरू रिपोर्ट गरेको छ । गुजरात राज्यमा तीन र ओडिसामा एक जनामा संक्रमण दखिएको र हाल उनीहरू निको भइसकेका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
पछिल्लो समयमा चीनमा कोभिड संक्रमण बढ्दो छ । यसै महिनाको सुरुमा सरकारले शून्य कोभिड नीति हटाएको थियो ।