कसले दियो विमानस्थलमा बम विस्फोटको धम्की ! | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

कसले दियो विमानस्थलमा बम विस्फोटको धम्की !

नयाँ दिल्ली । भारतको सबैभन्दा ठूलो नागरिक उड्डयन सुविधालाई बम विस्फोट गर्ने धम्कीपछि दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिआतंकवादी सुरक्षा अभ्यास सुरु गरिएको छ ।

सामाजिक सञ्जालमा विमानस्थलमा विस्फोट गराउने धम्कीपछि उक्त अभ्यास गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

बुधबार बिहान दिइएको उक्त धम्कीलाई गैर विशिष्ट वा ठगीको रुपमा वर्गीकृत गरिएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।

विमास्थलमा वम विस्फोट गराउनुपर्छ भनेर सामाजिक सञ्जालमा लेखिएको पोस्टबारे विमानस्थल अधिकारीहरुलाई जानकारी गराइएको थियो ।

पछि च्याट पोस्टलाई सुरक्षा अधिकारीले पत्ता लगाएका थिए । अनुसन्धानपछि उक्त धम्की नक्कली भएको पत्ता लागेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);