खयरभट्टीमा ३ करोड ५० लाख बजेट स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

खयरभट्टीमा ३ करोड ५० लाख बजेट स्वीकृत

बाँके । बाँकेको खयरभट्टी क्षेत्रमा २२ किलोमिटर विद्युतीकरणका लागि बजेट स्वीकृत भएको छ । खयरभट्टी क्षेत्रमा विद्युतीकरणका लागि ३ करोड ५० लाख रुपैयाँ स्वीकृत भएको सांसद नमुना केसीले जानकारी गराइन् ।

विद्युतीकरणका लागि नेपालगन्ज विद्युत वितरण केन्द्रले तयार पारेको अनुमानित बजेटसहित काठमाडौं पुगेकी नमुनाले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फाइल पेश गरेकी थिइन् । काठमाडौंमा रहेकी नमुनाले खयरभट्टी क्षेत्रमा विद्युतीकरणका लागि बजेट पारित भएको बताइन् ।

नरैनापुर र राप्तीसोनारीका अन्य क्षेत्रमा विजुली पुर्‍याउन सफल भए पनी खयरभट्टीमा अहिलेसम्म विद्युतीकरण भएको थिएन ।

खयरभट्टीसम्म करिब २२ किलोमिटर ‘११ केभी प्रशारण लाइन’ र ४।३ मिटर वितरण लाइन विस्तार गर्न तथा ३ थान ट्रान्सफर्मर जडानका लागि बजेट स्वीकृत भएको उनले जानकारी गराएकी हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);