काठमाडौं, ७ मंसिर । कार्टर सेन्टरले हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रक्रियामा पारदर्शीताकाे अभाव भएको टिप्पणी गरेको छ ।
सेन्टरले विज्ञप्ति निकालेर केही मतदान केन्द्रमा पर्यवेक्षकको पहुँचमा कडाइ गरिएको तथा निर्वाचन प्रक्रियाको पारदर्शीतामा कमी देखिएको टिप्पणी गरेको हो ।
यद्यपी सेन्टरले निर्वाचन अन्तराष्ट्रिय मापदण्ड अनुरुप नै भएको जनाएको छ । सेन्टरले निर्वाचनको पर्यवेक्षण गर्न खटिएका पर्यवेक्षकको राम्रो पहुँच रहेको उल्लेख गर्दै दुई चरणमा निर्वाचन गरेर परिणाममा ढिलाई हुँदा मतदाताले आक्रोश पोखेको सेन्टरको आरोप छ ।




