काठमाडौं । थाइराइड रोग दैनिकरुपमा बढ्दै गएको छ । पुरुषहरुकको तुलनामा महिलामा यो रोग बढि देखिएको छ । खासगरी गर्भावस्था तथा महिनावारीपछि थाइराइडको खतरा ज्यादा हुने विशेषज्ञहरुको भनाइ छ ।
घाँटीमा पुतली आकारमा रहेको ग्रन्थी थाइराइड हो ।
यो ग्रन्थीले थाइरोक्सिन (टी–थ्री) र ट्राइआयोडो थाइरोनीन (टी–फार) हर्मोन उत्पादन गर्छ ।
थाइराइडको समस्या हुनु भनेको उत्पादित हुने हर्मोनमा घटबढ हुनु हो ।
थाइराइडमा समस्या छ/छैन भनेर थाहा पाउन पहिला टिएसएच अर्थात थाइराइड स्टिमुलेटिङ हर्मोनको जाँच गर्नुपर्छ ।
हर्मोन बढि हुनुलाई हाइपर थाइराइडिज्म र कम हुनुलाई हाइपो थाइराइडिज्म भनिन्छ ।
थाइराइड रोग लाग्नुका कारणहरु
-शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी
-रुघा लागेमा वा भाइरल इन्फेक्सन भएमा थाइराइड ग्रन्थीमा संंक्रमण भएर यो रोग लाग्छ ।
-विभिन्न केमिकल्स र अन्य वातावरणीय प्रदुषणले गर्दा पनि यो रोग लाग्छ ।
-लामो समय औषधीको प्रयोग गर्ने मानिसमा थाइराइडको समस्या देखिने गर्छ ।
-विभिन्न विकिरणले गर्दा पनि थाइराइड क्यान्सर हुने सम्भावना रहन्छ ।
थाइराइडका लक्षण
-कपाल धेरै झर्ने
-मुटुको ढुकढुकी अत्याधिक बढ्नु
-बढि दुब्लाउने वा मोटाउने
-महिनावारी गडबडी
-शरीरमा पसिना बढि आउने वा कम आउने
-निन्द्रा कम वा बढि लाग्नु
-निःसन्तान समस्या ।
थाइराइडबाट बच्ने उपाय
-दैनिक खाली पेटमा लौकाको जुस पिउने
-दुई चम्चा तुलसीको रसमा आधा चम्चा घिउकुमारीको रस मिसाएर खाने
-बदाम र ओखरमा पाइने सेलेनियम नामक तत्व थाइराइड उपचारका लागि धेरै उपयोगी मानिन्छ ।
-कागतीको प्त्रा नियमित सेवन गर्ने गर्दा थाइरोक्सिन अत्याधिक मात्रामा बन्न पाउँदैन । त्यसकारण यसलाई दैनिक चियामा राखेर सेवन गर्दा धेरै राहत गराउँछ ।





