कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवाले महामन्त्री गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै दलको नेतामा निर्वाचित भएका हुन् ।

देउवाले ६४ मत पाएका छन् भने थापाले २५ मत पाएका छन् । ८९ जना सांसदले मतदान गरेका छन् ।

ती मध्ये ८८ जनाले मतदान स्थलमै मतदान गरेका हुन् भने एक सांसद माया राईलाई मतदान गराउन अस्पतालमै प्रतिनिधिहरु पुगेका थिए ।

उनी सुत्केरी भएकोले ओम अस्पतालमा छिन् । महामन्त्री थापालाई विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायतले समर्थन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);