काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा केही सांसदहरुले मतपत्रको तस्बिर खिचेका छन् ।
मतपत्रको तस्बिर खिच्नु पार्टीको विधि विपरित हो । संस्थापन पक्षका ९ जना सांसदहरुले मतपत्रको तस्बिर खिचाएका हुन् ।
प्रधानमन्त्री आरजु राणा र गृहमन्त्री पत्नी मन्जु खाँडको निगरानीमा ९ जना सांसदहरुले फोटो खिचेको संस्थापन इतरको टिप्पणी छ ।
उनीहरुले प्रतिस्पर्धामा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई देखाउन तस्बिर खिचेको हुन सक्ने आशंका गरिएको छ ।
मतदानस्थलमा मोबाइल लैजान निषेध गर्दा केही सांसदहरुले विरोध गर्दा मतदानमा ढिलाई भएको थियो ।
संसदीय दलको नेताका लागि महामन्त्री गगन थापा र सभापति देउवा प्रतिस्पर्धामा छन् ।