अझै सुरु हुन सकेन कांग्रेस संसदीय दलको मतदान | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

अझै सुरु हुन सकेन कांग्रेस संसदीय दलको मतदान

काठमाडौं । प्रमुुख सत्तारुढ दल नेपाली कांग्रेसको ८ बजेदेखि सुरु हुने भनिएको संसदीय दलको निर्वाचनको  मतदान अझै पनि सुरु हुन सकेको छैन् ।

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दैछ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा अबको केही समयमा मतदान सुरु हुने भनिएको छ ।

१० बजेसम्म मतदान समय तोकिएको छ ।

गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा निर्वाचित कांग्रेसका ८९ जना सांसदले निर्वाचन प्रक्रियामा भाग लिनेछन् ।

सभापति प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि मंगलबार उम्मेदवारी दर्ता गरको छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);