काठमाडौं । प्रमुुख सत्तारुढ दल नेपाली कांग्रेसको ८ बजेदेखि सुरु हुने भनिएको संसदीय दलको निर्वाचनको मतदान अझै पनि सुरु हुन सकेको छैन् ।
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दैछ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा अबको केही समयमा मतदान सुरु हुने भनिएको छ ।
१० बजेसम्म मतदान समय तोकिएको छ ।
गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा निर्वाचित कांग्रेसका ८९ जना सांसदले निर्वाचन प्रक्रियामा भाग लिनेछन् ।
सभापति प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि मंगलबार उम्मेदवारी दर्ता गरको छन् ।