एजेन्सी, ६ पौष । महिलामाथि कठोर बन्दै आएको तालिवानी शासकले अफगानिस्तानमा नयाँ सूचना जारी गरी विश्वविद्यालय जान रोक लगाएको छ । यो सूचनासँगै अफगानी महिलाहरुमा रुवाबासी चलेको छ । अब विश्वविद्यालय जानबाट रोकिने भएसँगै महिलाहरुमा त्रास छाएको छ ।
अफगानिस्तानको शिक्षा मन्त्रालयले महिलालाई विश्वविद्यालय जानबाट रोक्ने सूचना जारी गरेको हो । यो सूचना अनुसार तत्काल कार्यान्वयनमा ल्याइनेछ ।
यसअघि माध्यमिक र उच्च माध्यमिक तहमा महिलालाई रोक लगाइएको थियो । उनीहरुलाई बुर्का लगाउन वाध्य पारिएको छ ।
सँसारभर यो कदमको भत्र्सना भइरहेको छ । तालिवान मुसलमानको कडा कानून लागू गरेको ठान्दछ । उसले दोस्रोपटक बन्दुकको बलमा सत्ता हातमा लिएपछि अफगानिस्तानमा कठोर शासन चलाइरहेको छ ।