दलीय आडमा ठेक्का लिँदै, अलपत्र पार्दै  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दलीय आडमा ठेक्का लिँदै, अलपत्र पार्दै 

सुर्खेत । जाजरकोटको जिल्ला भरी विद्युतीकरण गर्ने भन्दै पाँच वर्ष अगाडी लगाएको ठेक्काको काम अहिलेसम्म पुरा नहुँदा जिल्लामा विद्युतीकरणमा समस्या देखिएको छ । जिल्लामा विद्युतीकरण गर्ने भन्दै आर्थिक वर्ष २०७५/७६ मा लिएको ठेक्का अहिलेसम्म निर्माण नभएका हुन् ।

एक वर्षभित्र पुरा गर्ने सम्झौता गरेर सामग्रीसहित बुझी अहिलेसम्मा काम नगर्दा जिल्लामा विद्युतीकरणको काम अलपत्र परेको हो । प्रदेश कार्यालय र जिल्ला कार्यालयले गरेका छुट्टा, छुटै ठेक्काका काम अहिलेसम्मा नहुँदा सर्वसाधारणले बिजुली बाल्न पाएका छैनन् ।

नेपाली कांग्रेस जिल्ला कमिटीका सदस्य शान्तबहादुर बस्नेतको मालिका निर्माण सेवा कार्कीगाउँ–७ ले छेडागाड नगरपालिकाको मनघाटदेखि सुवाडामा प्रसारण लाइन निर्माणको जिम्मेवारी लिएका थिए । त्यस्तै उनले  छेडागाड नगरपालिकाको थलहदेखि जुनिचाँदे गाउँपालिकासम्म विद्युतको प्रसारण लाइन जोडनका लागि अर्को ठेक्कासमेत  लिएर काम नगरेका हुन् ।

त्यस्तै नेपाली कांग्रेसका उपसभापति तेजविक्रम शाहको साई बाबा एण्ड तारा कन्स्ट्रक्सन खलंगा–२ ले कुशे गाउँपालिकाको पाँचकाटियादेखि खुर्पा समकोटसम्म प्रसारण लाइन निर्माणको जिम्मेवारी लिएका थिए । त्यस्तै उनले  पाँचकाटियादेखि किट्नी नलगाड नगरपालिकाको  प्रशासकीय केन्द्र दल्ली, दल्लीबाट बारेकोट गाउँपालिकाको सक्ला हुँदै प्रशासकीय केन्द्र लिम्सासम्म र लिम्सादेखि बारेकोटसम्म एक वर्षभित्र विद्युतको प्रसारण लाइन निर्माणको जिम्मेवारी लिएका थिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता वीरबहादुर बस्नेतको मुक्ति निर्माण सेवा खलंगाले शिवालयदेखि नाहाडासम्म लिएको ठेक्काको कामसमेत हुन सकेको छैन । उनले आर्थिक वर्ष २०७६÷७७ मा ठेक्का लिएका थिए ।

त्यस्तै रमण निर्माण सेवाले लिएको कामको जिम्मेवारी ९५ प्रतिशत सकेको छ । उसले नलगाड नगरपालिका–७ दल्लीदेखि वडा नम्बर ११ तल्लुसम्म प्रसारण लाइनको काम लिएको थियो ।

त्यस्तै  राप्रपाका नेता कृष्णविक्रम शाह (निर्माण व्यवसायी अध्यक्ष)को डाँफे निर्माण सेवाले  थलहदेखि टालेगाउँ अछानी सम्मा विद्युत् प्रसारण लाइन निर्माणको जिम्मेवारी लिएकोमा काम ९७ प्रतिशत पुरा गरेको छ । विजयश्वारी निर्माण सेवाका प्रमुख नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष गोपाल बटालाकी श्रीमती (बुद्धीकुमारी श्रेष्ठ) को नाममा रहेको सेवाले आर्थिक वर्ष २०७६÷७७ मा लिएको सुवानाउलीदेखि गर्खाकोटसम्मको ठेक्काको कामसमेत आधा भएको छ । आधा काम अझैँ अलपत्र परेको नेपाल विद्युत् प्राधिकरण जाजकोटका प्रमुख अविशेक कुमार कलवारले जानकारी दिए ।

कार्यालयले गरेको ताकेता बारे कसैले टेर्दैनन्

नेपाल विद्युत् प्राधिकरणले निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायीलाई पटक–पटक लिखित, मौखिक जानकारी गराउँदा पनि समयका काम गर्नेतर्फ ध्यान कसैले पनि नलिएको पाइएको छ ।

कार्यालयबाट तार, पोल र अन्य सामग्री बुझेर सम्बन्धित ठाउँमा प्रयोग नगर्दा ती विद्युतीय सामग्री कुन अवस्था छन् भन्ने कुराको टुंगोसमेत लागेको छैन ।

केही बाटोमा जथाभाबी फाँकिदा खोला, खाल्सामा पुरिएका र केही खोलाले बगाइसकेको अवस्थामा रहेको छ । सरकारी सम्पत्ति यसरी जनभावी गर्दा पनि ठेकेदारलाई संरक्षण गर्ने नेताहरू कोही पनि बोल्दैनन् । तीन वर्षअघि जिल्लामा विद्युत् सेवा सञ्चालन भइसक्नु पर्ने भए पनि अहिलेसम्म काम पुरा नहुँदा एक चौथाइसमेत विद्युतको पहुँचमा आउन सकेको छैन ।

यो आर्थिक वर्षमा जाजरकोटमा ग्राहक संख्यसमेत थपिएको छ । मोर्क, शिवालय, इवर, बुरुङ्गे, काफलचौर छिप्रेना, रिम्ना, रिसाङ, पोख्रा, लहँ, बाउलीखोला, थहल, मैदे पिपेलगायतका ठाउँमा बत्ती बल्दा ग्राहक संख्य बढेको प्रमुख कलवारले जानकारी दिए । उनका अनुसार ३ हजार ८२३ बाट ६ हजार२०० ग्राहक संख्या पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);