निर्वाचन आयोगले आज जलपान कार्यक्रम गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

निर्वाचन आयोगले आज जलपान कार्यक्रम गर्ने

nirbachan aayog

काठमाडौं, ४ पुस । निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको निर्वाचन आयोगले आज जलपान कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन सकिएको अवसरमा आयोगले दिउँसो साढे १ बजे जलपान समारोह राखेको हो ।

आयोगको प्राङ्गणमा आयोजना गरिएको समारोहमा राष्ट्रपति,प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु,राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखलगायतलाई निमन्त्रणा गरिएको छ ।

गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई आयोगले आइतबार प्रमाणपत्र वितरण गरेको छ ।

आयोगले शनिबार सातै प्रदेशका प्रमुखलाई पनि प्रतिवेदन बुझाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);