संघीय संसद सचिवालय शपथको तयारीमा जुट्यो | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १८ २०८१, आइतबार

संघीय संसद सचिवालय शपथको तयारीमा जुट्यो

काठमाडौं, ४ पुस । संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरुलाई शपथ खुवाउने तयारी गरिरहेको छ ।

ज्येष्ठ प्रतिनिधिसभाका सदस्यलाई राष्ट्रपतिबाट शपथ खुवाएपछि अन्य सदस्यलाई पद तथा गोपनियताको शपथ खुवाउने व्यवस्था छ ।

निर्वाचन आयोगको विवरण अनुुसार संसद सचिवालयले ज्येष्ठ सदस्य छनौट गर्दछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातदिनभित्र प्रधानमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेकी छिन् ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, लोसपाका महन्थ ठाकुर,राप्रपाका पशुुपतिशमशेर जबरा, महेन्द्रप्रसाद यादव ज्येष्ठ सदस्यमा पर्छन् ।

निर्वाचित सांसदले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको तीनदिन अघि नै उक्त विवरण सचिवालयलाई जानकारी गराउनु पर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);