काठमाडौं, ४ पुस । जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारीले अब बिदामा बस्दा पूर्व स्वीकृति लिनुपर्ने भएको छ ।
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला अधिकारी बिना जानकारी बिदामा बस्दा सेवा प्रवाहमा गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तह ७७ वटै जिल्ला समन्वय समितिलाई परिपत्र जारी गर्दै बिदा बस्नु अघि पूुर्व जानकारी दिन निर्देशन दिएको हो ।