जब डाक्टरले मेस्सीलाई फुटबल खेल्न नसक्ने बताएपछि... | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

जब डाक्टरले मेस्सीलाई फुटबल खेल्न नसक्ने बताएपछि…

एजेन्सी, ४ पुस । अर्जेन्टिनाको ३६ वर्षपछि विश्व फुटबलको च्याम्पियन जित्ने सुपर हिरो लियोनल मेस्सी बनेका छन । उनको टोलीले डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई ३(४–३(२) ले हराएको थियो ।

३८ वर्षीय फुटबलरले आइतबार आफ्नो टोलीलाई तेस्रो पटक विश्व च्याम्पियन बनाएका छन् । उनी डिएगो म्याराडोनापछि अर्जेन्टिनालाई च्याम्पियन बनाउने कप्तान बने । लुसेन स्टेडियममा भएको फाइनल खेलमा फ्रान्सविरुद्धको खेलमा मेस्सीले २ गोल गरेका थिए । उनले यो विश्वकपमा ७ गोल गरेका छन् । तर, उनले गोल्डेन बुट भने पाउन सकेनन् । उनले गोल्डेन बलमा सन्तुष्ट हुनु परेको थियो ।

मेस्सी बाल्यकालमा ग्रोथ हर्मोन डेफिसेन्सी (जीएचडी) नामक गम्भीर रोगबाट पीडित थिए र डाक्टरहरूले उनलाई फुटबल खेल्न नसक्ने बताएका थिए। यो रोगमा शरीरको बृद्धि रोकिन्छ । आजको कथामा हामी मेस्सीको संघर्षको कथा थाहा पाउनेछौं

अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पेनाल्टी सुटआउटमा ३(४–३(२) ले हरायो । मेस्सीको उपचारमा मासिक १ हजार डलर खर्च हुने गरेको छ । यस्तो अवस्थामा परिवारले उपचार खर्च धान्न सक्ने अवस्था थिएन । त्यसपछि नेभेलको ओल्ड ब्वाई क्लबले बार्सिलोना क्लबलाई जानकारी गरायो, जो मेस्सीको खेलबाट धेरै प्रभावित थिए र उनलाई टोलीमा समावेश गर्न चाहन्थे।

मेस्सीको प्रदर्शनबाट प्रभावित क्लब बार्सिलोनाले उनी र उनको परिवार युरोपमा बस्ने सर्तमा उनको उपचारको सम्पूर्ण खर्च बेहोर्ने सहमति जनायो । मेस्सी १३ वर्षको उमेरमा सन् २००० मा बार्सिलोना आएका थिए । कागज नहुँदा उनले रुमालमा सम्झौता गरे । मेस्सी प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट भए । उनले गोल्डेन बल पाए ।

मेस्सीले सन् २०२२ को अगस्टमा क्लब बार्सिलोना छाडेका थिए । उनी पीएसजीबाट खेल्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);