प्रचण्डले गरे सरकारको नेतृत्व दाबीबारे आन्तरिक छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

प्रचण्डले गरे सरकारको नेतृत्व दाबीबारे आन्तरिक छलफल

काठमाडौं, ३ पौष । नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व दाबीलाई सशक्त ढंगले अगाडि बढाउनबारे छलफल गरेको छ । आज पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले त्यसबारे छलफल गरेको हो ।

बैठकबारे जानकारी दिदै माओवादी नेतासमेत रहेका अर्थमन्त्री जर्नादन शर्माले संसदीय दलको नेता छानेपछि नेतृत्वको बारेमा छलफल गर्ने निर्णय गरेको बताए । तर, बैठकमा प्रचण्डले आफू सरकारको नेतृत्वका लागि अगाडि बढेकाले सशक्त ढंगले अगाडि बढ्न सबैसँग आग्रह गरेको विश्वस्त स्रोतले बताएको छ ।

प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठन हुन सक्ने बलियो आधारबारे पनि जानकारी दिएको बुझिएको छ । शनिबार मात्रै प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी सरकारको नेतृत्वको दाबी प्रस्तुत गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);