काठमाडौं, ३ पुस । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ ।
आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त समिति बनाउने निर्णय गर्नेछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बस्ने बैठकमा निर्वाचनपछिको समिक्षा र समसामयिक राजनीतिकको बारेमा छलफल गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
महामन्त्री गगन थापा, नेता डा.शेखर कोइरालालगायतले संसदीय दलको नेतामा उम्मेदवारी दिने बताइरहेका छन ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि थापाको समर्थन गरीरहेका छन ।




