पाकिस्तानी विदेशमन्त्रीको विरोधमा भारतमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८३, बुधवार

पाकिस्तानी विदेशमन्त्रीको विरोधमा भारतमा प्रदर्शन

एजेन्सी, २ पुस । पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टोले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिएर दिएको अभिव्यक्तिको विरोधमा आज भारतीय जनता पार्टी (भाजपा)ले देशभर विरोध प्रदर्शन गरिरहेको छ ।

शुक्रबार पनि भाजपा कार्यकर्ताले पाकिस्तान उच्चायोग अगाडि प्रदर्शन गरेका थिए । यसै क्रममा भारतीय जनता युवा मोर्चाका अध्यक्ष तेजस्वी सूर्यले बिलावललाई पाकिस्तानको पप्पु भनिएको बताएका थिए । बिलावल भुट्टोले बिहीबार ओसामा बिन लादेन मरेको तर गुजरातको कसाई अझै जीवित रहेको र उनी भारतको प्रधानमन्त्री भएको बताएका छन् ।

पाकिस्तानी विदेशमन्त्री भुट्टोको यो भनाइप्रति भारतले कडा आपत्ति जनाएको छ । भारतीय विदेश राज्यमन्त्री मीनाक्षी लेखीले बिलावल असफल देशको प्रतिनिधि भएको र आफू पनि असफल भएको बताइन् । आतंकवादी मानसिकता भएका मानिसहरूबाट योभन्दा बढी के आशा गर्न सकिन्छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सायद भुट्टोले १९७१ बिर्सिसकेका छन् ।

पाकिस्तानी विदेशमन्त्रीको बयानबाट आक्रोशित बीजेपी कार्यकर्ताले शुक्रबार पाकिस्तानी उच्चायोग अगाडि प्रदर्शन गरेका छन् । उनीहरुलाई रोक्न दिल्ली पुलिसले ब्यारिकेड लगाए तर अनियन्त्रित भीडले ब्यारिकेड पनि तोडिदिए। यसपछि दिल्ली पुलिसले भाजपाका धेरै कार्यकर्तालाई हिरासतमा लिएको थियो।

Leave a Reply

ताजा समाचार