शिक्षाक्षेत्रमा दलीय राजनीति अन्त्य र निःशुल्क शिक्षाको प्रावधानलाई सुनिश्चित गर्न विद्यार्थी परिषद्को माग | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

शिक्षाक्षेत्रमा दलीय राजनीति अन्त्य र निःशुल्क शिक्षाको प्रावधानलाई सुनिश्चित गर्न विद्यार्थी परिषद्को माग

काठमाडौँ, १ पुस। शिक्षाक्षेत्रमा दलीय राजनीति अन्त्य र मौलिक हकमा रहेको निःशुल्क शिक्षाको प्रावधानलाई सुनिश्चित गर्नका लागि विद्यार्थी परिषद्ले माग गरेको छ ।

विहिबार विद्यार्थी परिषद्को केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मार्फत शिक्षा क्षेत्रमा देखिएको व्याप्त राजनीतिक विकृति, शैक्षिक निकायमा दलीय हस्तक्षेपको अन्त्य र मौलक हकमा उल्लेख गरेअनुसारको माध्यामिक तह सम्मको शिक्षा निःशुल्क गर्न परिषद्ले मागरे गरेको हो ।

पत्रकार सम्मेलनमा परिषद्ले केन्द्रीय कार्यकारिणी समिति बैठक मार्फत पारित गरेको दुई महत्वपूर्ण प्रस्तावहरू प्रस्ताव क्रमाङ्क १ मा ः शिक्षाक्षेत्रको दलीय राजनीति अन्त्य र मौलिक हकमा रहेको निःशुल्क शिक्षाको प्रावधानलाई सुनिश्चित गरियोस् र प्रस्ताव क्रमाङ्क २ मा ः युवाहरूमा बढ्दो दूव्यसनीको प्रभाव र सिमाक्षेत्रमा बढिरहेको घुसपैठको नियन्त्रणका लागि सरकार गम्भीर बनोस् भन्ने शीर्षकको प्रस्तावहरू र केन्द्रीय समिति बैठकमा भएको निर्णयहरू सार्वजनिक गरेको थियो ।

परिषद्ले राष्ट्रिय महत्वका विभिन्न विषयमा चर्चा तथा योजनाको साथमा आफ्नो केन्द्रीय कार्यकारिणी समिति बैठक सम्पन्न गरेको विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपानेले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए ।

परिषद्ले केन्द्रीय कार्यकारिणी समिति बैठकबाट सार्वजनिक गरेको निर्णयहरू यस प्रकार रहेका छन् ।
 बैठकबाट शैक्षिक र समसामयिक विषयमा दुईवटा महत्वपूर्ण प्रस्तावहरू पारित भएका थिए ।
 पौष १ र २ गते देवघाटधाममा संस्कृत विद्यार्थी सम्मेलन सम्पन्न हुनेछ ।
 देशभर पौष ३ गते देखि १० गतेसम्म वृहत सदस्यता अभियान सञ्चालन गरिनेछ ।
 फागुन ५ र ६ गते राष्ट्रिय शिक्षा कार्यशाला सम्पन्न हुनेछ जसमा आधारभूततहदेखि उच्चतहसम्मको शिक्षाको बारेमा चर्चा तथा नीतिगत छलफल हुनेछ ।
 देशका २५ स्थानमा जनजाति विद्यार्थी बैठक सम्पन्न हुनेछन् ।
 प्रदेश स्तरमा माघ महिनाभित्र नगर सचिव बैठक सम्पन्न हुनेछन् ।
 आगामी चैत्र १८, १९ र २० गते धनगढीमा १२०० जना प्रतिनिधिहरूको सहभागितामा नवौँ राष्ट्रिय अधिवेशन सम्पन्न हुनेछ ।
 अर्को केन्द्रीय कार्यकारिणी समिति बैठक जनकपुरमा सम्पन्न हुनेछ ।
 देशभर विभिन्न समयमा विद्यार्थीका लागि रचनात्मक तथा प्रशिक्षणात्मक कार्यक्रम सम्पनन हुनेछन् ।
 माघ महिनामा काठमाडौँमा राष्ट्रिय मिडिया कार्यशाला सम्पन्न हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);