हेराफेरी ३ लाई दुई स्क्रिप्ट लक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

हेराफेरी ३ लाई दुई स्क्रिप्ट लक

मुम्बई। फिल्म ‘हेराफेरी ३’ सुरुवातदेखि नै चर्चामा छ । निर्माता फिरोज नाडियाडवालाको यो फिल्म हाल स्क्रिप्टिङ स्टेजमा छ। यो फिल्मका लागि निर्माताले दुई स्क्रिप्ट लक गरेका छन् । स्क्रिप्ट लक भएलगत्तै स्टार कास्टको फाइनल गर्ने तयारी पनि भएको छ।

निर्माता फिरोज ‘हेराफेरी ३’ लाई जसरी पनि बनाउन चाहेकाले उनले दुई स्क्रिप्ट लक गरेका हुन् । सामाजिक सञ्जालमा यो फिल्मलाई लिएर बहस सुरु भएपछि फिरोज दुई स्क्रिप्ट लक गर्न बाध्य भएका हुन् । उनले एउटा स्क्रिप्ट अक्षयको लागि र अर्को स्क्रिप्ट कथमकदाचित अक्षय अनुबन्धित नभएको अवस्थामा अर्को अभिनेताका लागि तयार गरेका हुन् ।

अक्षयको स्क्रिप्ट त्यहीबाट सुरु हुन्छ, जहाँ ‘फिर हेरा फेरी’ सकिएको थियो । कार्तिकको स्क्रिप्टमा भने दुई राजुको कथा लेखिएको छ। यो कथा पछिल्लो दशकको सुरुमा टुटेको थियो, जब ‘हेरा फेरी ३’ जोन अब्राहम र अभिषेक बच्चनका साथ बनाइएको थियो ।

फिल्म स्रोतका अनुसार फिरोज र अभिनेता अक्षयले पुनः ‘हेरा फेरी ३’का लागि संवाद सुरु गरेका छन् । त्यस्तै फिरोजले अर्का अभिनेता कार्तिक आर्यनसँग पनि सहकार्यका लागि पेपरवर्क सुरु गरिसकेका छन् । यो फिल्मका लागि कार्तिक उत्तिकै उत्साहित छन् ।

कार्तिक पनि यो फ्रेञ्चाइजीलाई न्याय दिन आफू सक्षम रहेको दाबी गर्दै आएका छन् । ‘उनी आफ्नो युवा शक्तिको प्रयोग गरेर यसलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छन्, जसरी उनले त्यो शक्तिको प्रयोग ‘भूल भुलैया’मा गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);