काठमाडौं, २ मंसिर । राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको शपथ रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।
लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सिन्धुलीका युवराज पौडेलले रिट दर्ता गरेका हुन् । सभापति लामिछानेको शपथ रोक्न र अपराधिक विश्वासघातमा कारबाही गर्न माग गर्दै रिट दर्ता भएको हो ।
मतदान गर्ने,उम्मेदवार बन्ने र राजनैतिक दल खोल्ने अधिकार नेपाली नागरिकलाई मात्रै अधिकार भएको र लामिछानेले अमेरिकी नागरिकता लिएको पौडेलको भनाइ छ । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा लामिछाने चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।