गिजाको अप्रेसन गर्दा बिरामीको ज्यान गएपछि अस्पतालमा तनाव | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

अर्घाखाँची, ५ पुस । गिजाको अप्रेसन गर्दा एक जनाको ज्यान गएपछि सदरमुकाम तम्घासमा रहेको रेसुंगा अस्पतालमा तनाव भएको छ ।

मलिका गाउँपालिका –६, अर्जेका शिवलाल अर्याल दाँत दुखेर मंगलबार अस्पताल भर्ना भएका थिए । अर्यालको गिजामा जमेको पिप अप्रेसन गरेर निकालेपछि ठिक हुने चिकित्सकले बताएपछि अप्रेसन गरिएको आफन्तहरुले बताएका छन् ।

यद्यपी गिजाको अप्रेसन पछि शिवलाल अर्यालको होस नआएपछि उनको मृत्यु भएको हो । सामान्य दाँतको उपचार गर्दा बुबाको मृत्यु भएपछि अर्यालका २१ वर्षीय छोरा समेत बेहोस अवस्थामा छन् । डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तले शव उठाएका छैनन् भने अस्पतालमा तनाव सिर्जना भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);