सरकारले सार्वजनिक गर्यो मन्त्रिपरिषदका निर्णय, यस्ता छन् सात निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सरकारले सार्वजनिक गर्यो मन्त्रिपरिषदका निर्णय, यस्ता छन् सात निर्णय

काठमाडौं, २६ मंसिर । सरकारले आइतबार बसेको मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले निर्णयबारे जानकारी दिएका हुन् ।

यस्ता छन् बैठकका निर्णयहरू
१. सार्वजनिक संस्थान सुझाव समितिलाई थप प्रभावकारी र समावेशी बनाउन दुई जना महिला सदस्य थप गर्ने ।

२. गोदक–सोयाक १३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने ।

३. मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश २०७९ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने ।

४. नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने ।

५. कालिगण्डकी करिडोर न्यू बुटवल बर्दघाट आयोजनाको २२० केभी प्रसारण लाइनका लागि वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने ।

६. राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव रामआधार साहलाई नेपाल इन्जिनियरिङ सेवा समितिमा समूहीकरण क्लष्टर तर्फको विशिष्ट श्रेणीमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा पदस्थापना गर्ने ।

७. प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नेपाल इन्जिनियरिङ सेवा समितिमा समूहीकरण क्लष्टरतर्फका सचिव सुरेश आचार्यलाई सहरी विकास मन्त्रालयको सचिव पदमा सरुवा गर्ने ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);