मकवानपुरमा महिलाको शव फेला | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

मकवानपुरमा महिलाको शव फेला

death

मकवानपुर, २५ मंसिर । मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ ज्यामिरेमा खाल्डोमा पुरिएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ । शव एकहप्ताअघि हराएको भनिएकी सोही स्थानकी ३६ वर्षीय सरस्वती वाइबाको रहेको प्रहरीले भनाइ छ ।

शुक्रबार वाइबाका श्रीमान् वीरबहादुरले श्रीमती हराएको भनी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खोजी गरिदिन भन्दै फोटोसहित निवेदन दिएका थिए ।

वीरबहादुर वाइबाले आफैँले खोज्ने क्रममा हिजो शनिबार साँझ श्रीमतीको शव खाल्डोमा पुरिएको अवस्थामा भेटिएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए । अनुहार र कपडाको केही भागमात्र देखिने गरी खाल्डोमा पुरिएको अवस्थामा शव भेटेपछि श्रीमान् वीरबहादुरले प्रहरीलाई खबर गरेका थिए ।

शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका एसपी वामदेव गौतमले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);