तेल निर्यातमा मूल्य सीमा तोक्ने देशलाई विक्री गर्दैनाैँ: पुटिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तेल निर्यातमा मूल्य सीमा तोक्ने देशलाई विक्री गर्दैनाैँ: पुटिन

मस्को । रूसले आफ्नो तेल निर्यातमा मूल्य सीमा कुनै पनि देशलाई तेल नबेच्ने र आफ्नो तेल उत्पादन घटाउने विचार गरिरहेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । युक्रेन युद्धमा मस्कोको आर्थिक क्षमतालाई घटाउने उद्देश्यले सोमबार ग्रुप अफ सेभेन, युरोपेली युनियन र  अष्ट्रेलियाले रुसी तेलको प्रति ब्यारेल ६० डलरको मूल्य सीमा तोकेको छ ।

‘मैले पहिले नै भनेको छु कि हामी त्यस्ता निर्णय गर्ने देशहरूलाई बेच्दैनौं’, पुटिनले किर्गिस्तानको राजधानी बिस्केकमा क्षेत्रीय शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा भने ।‘आवश्यक परेमा हामी उत्पादनमा सम्भावित कमीको बारेमा विचार गर्नेछौं’ उनले भने । मूल्य सीमालाई पुटिनले ‘विश्व ऊर्जा बजारका लागि हानिकारक एउटा मूर्ख निर्णय भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);