गृहमन्त्रीको गुनासो–सप्तरी घटनामा प्रहरीले गल्ती गर्यो, आदेश मानेन | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

गृहमन्त्रीको गुनासो–सप्तरी घटनामा प्रहरीले गल्ती गर्यो, आदेश मानेन

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तहको निर्वाचन हुन नदिने पक्षमा देखिएको गृहमन्त्रीको दाबी, सप्तरी घटनामा सुरक्षा कर्मीको नियत खराब देखिएको भनाई

गृहमन्त्रीको गुनासो–सप्तरी घटनामा प्रहरीले गल्ती गर्यो

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तहको निर्वाचन हुन नदिने पक्षमा देखिएको दाबी गर्नुभएको छ ।

माउण्टेन टेलिभिजनको वार्ता वृत्तमा कुरा गर्दै उपप्रधानमन्त्री निधीले एमालेको पछिल्लो गतिविधि हेर्दा चुनावको पक्षमा एमाले नदिखिएको उहाँको दाबी छ ।

उपप्रधानमन्त्री निधीले केही समय पहिला बसेको स्थायी समिति बैठकले संघीय चुनाव हुनुपर्ने माग राखेकाले पनि स्थानीय चुनावको पक्षमा एमाले नदेखिएको दाबी गर्नुभयो । उहाँले एमालेले बाहिर चुनावको कुरा गरे पनि भित्र भित्र चुनाव हुन नदिने खेल सुरु गरेको आरोप लगाउनुभयो ।

उपप्रधानमन्त्री निधीले सप्तरी घटनामा प्रहरीको कमजोरी देखिएको पनि बताउनुभयो । कसैको टाउकोमा त कसैको पेटमा गोली लागेको उल्लेख गर्दै निधीले यसको जवाफ खोजि भैरहेको र कसैले पनि सहि जवाफ नदिएको बताउनुभयो ।

मन्त्री निधीले मधेसी मोर्चाले राजनीतिक प्रतिशोधका आधारमा कसैलाई निषेध गर्न नहुने बताउनुभयो । उहाँले उमालेलाई राजनीतिक कार्यक्रम गर्न नदिएर मोर्चाले राम्रो नगरेको उल्लेख गर्नुभयो ।
निधीले निर्वाचनका लागि सबै पक्ष संयम हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले मधेसी मोर्चाको माग पुरा गर्न सरकार कटिवद्ध रहेको पनि प्रष्ट पार्नुभयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);