साउदी जाँदै चीनका राष्ट्रपति सी | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८२, मंगलबार

साउदी जाँदै चीनका राष्ट्रपति सी

बेइजिङ। तेलको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनको अनुरोधलाई अस्वीकार गरेको दुई महिनापछि साउदी अरेबियाले आफ्ना चिनियाँ समकक्ष सी जिनपिङको लागि रातो कार्पेट बिछ्याउँदैछ।

सीले बुधबारदेखि केही दिनको लागि साउदी अरेबियाको भ्रमण गर्नेछन्, जसमा उनले साउदी युवराज मोहम्मद बिन सलमान र अन्य अरब नेताहरूसँग क्षेत्रीय शिखर सम्मेलनमा भाग लिनेछन ।

ऊर्जा र पूर्वाधार सम्झौता  उनको भ्रमणको प्रमुख एजेन्डा हुनेछ। सीको भ्रमणका अवसरमा २० अर्ब डलर बराबरको सम्झौता हुने अनुमान गरिएको छ ।

Leave a Reply