काठमाडौं, १ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी चुनावमा पराजय हुनुको कारणबारे गम्भीर रुपमा छलफल गरिने बताएका छन् ।
प्रदेशसभा सदस्य र प्रतिनिधीसभा सदस्य निर्वाचनमा पार्टीले व्यहोरेको अकल्पनीय नतिजाले पार्टी भित्रै आमुल परिर्वतन गर्न आवश्यक रहेको स्पष्ट भएको भन्दै आगामी दिनमा पार्टीलाई नयां ढंगबाट अघि बढाइने उनले बताए ।
झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आफुले चुनाव हारेको भन्दा पनि पार्टीले अनपेक्षित हार व्यहोरेको पीडा बढी भएको भन्दै हार्नुका कारणबारे गम्भिर छलफल गरिने बताए ।
राप्रपाले चुनाव लड्न देशभर लोकतान्त्रिक गठबन्धनसँग गठबन्धन गरेको भएपनि झापामा भने बामगठबन्धनको साथ पाएर राप्रपाका महामन्त्री लिङ्गदेन नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई हराउँदै निर्वाचित भएका छन् ।