मुलुकमा जनयुद्ध र सशस्त्र युद्धको युग समाप्त : खनाल | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

मुलुकमा जनयुद्ध र सशस्त्र युद्धको युग समाप्त : खनाल

काठमाडौं, १ पुस । नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले घोषणपत्रमा उल्लेख गरेका नीति तथा कार्यक्रमलाई प्रतिवद्धताकासाथ कार्यान्वयन गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

काठमाण्डौ क्षेत्र नम्बर ५ संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन कमिटीले शनिबार गरेको चियापान समारोहलाई सम्बोधन गर्दै नेता खनालले वाम गठबन्धनले गरेका प्रतिवद्धता कार्यान्वयन गर्न कुनै कसर बाँकी नराख्ने बताएका हुन् ।

नयाँ जनादेशसंगै अब मुलुकमा क्रान्ति, आन्दोलन, संघर्ष तथा जनयुद्ध र सशस्त्र युद्धको युग समाप्त भएको भन्दै उनले अब मुलुक लोकतान्त्रिक बाटोमा अघि बढ्दै सम्वृद्ध राष्ट्र बन्नेमा विश्वास प्रकट गरे ।

नयाँ जनादेशसंगै अब मुलुकमा क्रान्ति, आन्दोलन, संघर्ष तथा जनयुद्ध र सशस्त्र युद्धको युग समाप्त भएको भन्दै उनले अब मुलुक लोकतान्त्रिक बाटोमा अघि बढ्दै सम्वृद्ध राष्ट्र बन्नेमा विश्वास प्रकट गरे ।

मुलुकभरबाट वाम गठबन्धनले प्राप्त गरेको विजय कम्युनिष्ठ आन्दोलनको विजय भएको भन्दै उनले राष्ट्रियता सुदृढ, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई सुदृढ गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जाहेर गरेका छन् । गठबन्धनमाथि लाग्ने गरेका आरोपको गतिलो जवाफ दिने ढंगले लोकतन्त्र सुदृढ गर्न दृढता पुर्वक लाग्ने उनले बताए ।

चियापानमा पुर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधव कुमार नेपाल लगायत वामगठबन्धनमा नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);