संसदीय निर्वाचनमो केही उम्मेदवारहरुले झिनो मतान्तरले जित हारको सामना गर्नुपर्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

संसदीय निर्वाचनमो केही उम्मेदवारहरुले झिनो मतान्तरले जित हारको सामना गर्नुपर्यो

विद्या तामाङ ,माउण्टेन टेलिभिजन एचडी। यस पटकको संसदीय निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केही उम्मेदवारहरुले झिनो मतान्तरले जित हारको सामना गर्नुपर्यो । हालसम्मको नतिजा सार्वजनिक हुदाँ नेपाली कांगे्रस , नेकपा एमाले , नेकपा माओवादी , राप्रपा र स्वतन्त्र उम्मेदवार सहित ११ जनाको मत परिणाम रोमाञ्चक देखिएको छ।

प्रतिनिधिसभामा सदस्यको निर्वाचनमा यसपटक केही चर्चित अनुहारका उम्मेदवारको हारजित झिनो मतान्तरले भएको छ। नेपाली कांगे्रसबाट बहालवाला सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरीको क्षेत्र ४ बाट सकसपुर्ण जित हासिल गर्नुभयो । उहाँले एमालेका जगदिशप्रसाद कुसियैतलाई १ सय १२ मतले मात्र जित्नुभयो। यस्तै धनुषा–२ मा कांगे्रसबाट रामकृष्ण यादवले एमालेका उमाशंकर अरगरियालाई १५७ पराजित गर्दा धनुषा क्षेत्र न ४ मा भने एमालेका रघुवीर महासेठ कांग्रेसका महेन्द्र यादवसँग केबल १ सय २४ मतअन्तरले विजयी हुनुभयो । त्यसैगरि पर्सा क्षेत्र न ३ मा एमालेका राजकुमार गुप्ताले कांग्रेसका सुरेन्द्र बहादुर चौधरीभन्दा १६७ बढी मत ल्याएका निर्वाचित हुनुभयो । दाङको क्षेत्र–२ मा एमालेका महासचिव शंकर पोखरेल नेकपा माओवादी केन्द्रकी रेखा शर्मासगँ १९३ मतले पराजित हुनुभयो । दैलेखको ३ बाट एमालेका लक्ष्मी प्रसाद पोखरेल कांगे्रसका दिक्पाल कुमार शाहीसगँ १६७ मतको झिनो मतले हारको सामना गर्नुपर्यो । इलामको क्षेत्र न २ मा एमालेका सुवासचन्द्र नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मत ले हराउनुभयो।

ताप्लेजुङमा एमालेका योगेश भट्टराईले माओवादीका खेलप्रसाद बुढाथोकीलाई २०८ मतले पराजित गर्नुभयो । यस्तै पाँचथरबाट कांगें्रसका भीष्मराज आङदेम्वे एमालेका बसन्तकुमार नेम्वाङसँग जम्मा ४६ मतले पराजित हुनुभयो । बर्दिया–२ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले माओवादीका सुरेश पन्थलाई १ सय ३४ मतले पराजित गर्नुभयो । त्यस्तै काठमाडौँको १ मा कांगे्रसका प्रकाशमान सिंहसगँ राप्रपाका रविन्द्र मिश्र १२५ मतले हार व्यहोर्न पर्यो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);