कटुवा पेस्तोलसहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कटुवा पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौं। सिरहामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । सिरहाको गोलबजार नगरपालिका-११ बलकवा मैनाबती पुलबाट बुधबार राति बाह्रबोरको कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-४ का १९ वर्षीय कृष्णाकुमार यादव र सोही नगरपालिका-११ बलकवाका २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन् ।

इलाका  प्रहरी कार्यालय गोलबजारबाट खटिएको टाेलीले उनीहरूलाई कटुवा पेस्तोल पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा थप  आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);