धम्कीको राजनीति नगर्नु, नेपाली कांग्रेसः नेता महतो | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

धम्कीको राजनीति नगर्नु, नेपाली कांग्रेसः नेता महतो

rajendra

जनकपुर , २९ मंसिर। राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले नेपाली काङग्रेसले तराइमा जनतामाथि जालझेल गरि धम्कीको राजनीति गरेको आरोप लगाएका छन्।

जनकपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेता महतोले जनतालाई झुटो मुद्दा लगाउने लगायतका धम्की बन्द नगरे काङ्ग्रेसले पछुताउन पर्ने चेतावनी दिएका छन्। शुक्रबार जनकपुरमा स्थानीय सञ्चारकर्मीसँग संक्षिप्त कुरा गदैृ उनले काङ्ग्रेसले निर्वाचन यता जनकपुरमा जनतालाई झुटा मुद्दा लगाउने लगायतका धम्कीको राजनीतिक गरिरहेको भन्दै तत्काल त्यस्ता गतिविधि छाडेर स्वस्थ प्रतिस्पर्धाको राजनीतिमा आउन पनि आग्रह गरे ।

उनले त्यस्ता झुटको राजनीतिको आयु लामो नहुने समेत स्पष्ट पारे।
उनले जनकपुरलाई प्रदेश नम्बर २ को राजधानी बन्नबाट कसैले पनि रोक्न नसक्ने दावी गरे ।