आगलागीबाट कृषि फर्ममा लाखाैंकाे क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

आगलागीबाट कृषि फर्ममा लाखाैंकाे क्षति

सप्तरी। छिन्नमस्ता गाउँपालिका-६ खुदिबखारी सखडा सडक खण्डमा रहेको गाेविन्दा कृषि तथा पशुपंक्षी फर्ममा शुक्रबार भएकाे आगलागीबाट लाखाैंकाे क्षति भएकाे छ । आगलागीबाट तीन लाखभन्दा बढीको क्षति भएको प्रम्भिक अनुमान छ। राति फर्ममा काेहि नभएको बेला आगलागी भएको स्थानीयले बताए । स्थानीयवासी र इलाका प्रहरी कार्यालयबाट खटिएकाे टाेलीले आगाे निभाएका थिए । आगलागीबाट दुई वटा घर, १५ बाेरा कुखुराको दाना, ५३ वटा दाना खुवाउने डिब्बा, ७५ थान स्टेन, २७ वटा कुखुरा, तार वाईरिंगसहित  तीन लाखभन्दा बढीकाे धनमाल क्षति भएको फर्मका संचालक गाेविन्दाकुमार मण्डलले जानकारी दिए ।

आगलागी कसरी भयाे भन्ने विषयमा अनुसन्धान भईरहेकाे इलाका प्रहरी कार्यालय सखडाका प्रहरी निरीक्षक शत्रुधन राउतले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);