धनगढी । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य प्रेमबहादुर आलेले संसदमा तेस्रो ह्याट्रिक गरेका छन् । ०७० र ०७४ मा एमालेबाट विजयी बनेका उनी यस पटक एकीकृत समाजवादीबाट सांसदमा निर्वाचित भएका हुन् ।प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको डोटीबाट आले ४ हजार २०६ मतान्तरसहित विजयी भएका हुन् । आले २७ हजार २१० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गरिन् ।कांग्रेसका बागी नरेन्द्रबहादुर खड्काले ६ हजार ६ सय ८९ मत प्राप्त गरे ।
संसदमा प्रेम आलेको ह्याट्रिक
ताजा समाचार
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
१२ घन्टा अघि
पाल्पा सिमेन्टको आईपीओ खुल्यो
१५ घन्टा अघि
आकाश छुने चीर, मन छुने रङ (फोटो फिचर)
१६ घन्टा अघि




