२५ फाल्गुन काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीयतहको निर्वाचनपछि केन्द्रमा रहेको शक्ति विकेन्द्रिकरण हुने बताउनुभएको छ ।
बुधवार १ सय ७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री महराले अब कुनैपनि बहानामा सरकार निर्वाचनबाट पछि नहट्ने बताउनुभयो । उहाँले स्थानीय निर्वाचनमा अधिक मात्रामा महिला सहभागिता हुने भन्दै आफ्नो पार्टीले अब हुने निर्वाचनमा महिला उम्मेदवारहरुलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।
महिलाहरु आफु सक्षम भएर प्रतिष्पर्धा गर्न सक्ने बने स्वतः हरेक क्षेत्रमा महिला सहभागिता बढ्ने उहाँको भनाइ थियो । उहाँले महिलाका हकहितकालागि राज्यले छलफल र बहस गरेर नियम कानुन बनाउने कुरामा कुनै कन्जुसाँई नगर्ने स्पष्ट पार्नुभयो ।