अब विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नुपर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

अब विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नुपर्ने

काठमाडौं। कतारमा हुने फिफा विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नु पर्ने भएको छ। विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त शुल्क लिने मिडिया हब प्रालिको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले अतिरिक्त शुल्क लिन पाउने बाटो खोलिदिएको छ। उक्त रिटमाथि सुनुवाइ गर्दै २२ कात्तिकमा सर्वाेच्च अदालत न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अतिरिक्त पाँच सय रुपैयाँ शुल्क उठाउने मिडिया हबको निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।तर, बुधबार यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश गरेको छ।

मिडिया हबको ४ मंसिरबाट कतारमा हुने विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त पाँच सय शुल्क लिने निर्णयविरुद्ध अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराईले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

Leave a Reply