दोस्रो खेलमा नेपालसँग युएई तीन विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८१, आइतबार

दोस्रो खेलमा नेपालसँग युएई तीन विकेटले पराजित

काठमाडौं। नेपाल भ्रमणमा रहेको युएई नेपालसँग तीन विकेटले पराजित भएको छ। यसअघि पहिलो एक दिवसीय क्रिकेटमा नेपाल युएईसँग ८४ रनले पराजित भएको थियो । बुधबार त्रिवि मैदानमा भएको खेलमा युएईले दिएको एक सय ९२ रनको लक्ष्य नेपालले ४७ दशमलव पाँच ओभरमा सात विकेटको क्षतिमा एक सय ९३ रन ल्यायो ।
नेपालका लागि गुलशन झाले ३७ र कुशल भुर्तेलले ३५ रनको पारी खेले । युएईको बलर रोहन मुस्ताफाले तीन विकेट लिँदै २४ रन खर्चे ।

टस जितेर पहिले ब्याटिङ गरेको युएई ४३ ओभरमै अलआउट भएको थियो । युएईका लागि एम वसिमले ५० र ए सरफुले ३५ रन बनाएका थिए । नेपालका सोमपाल कामी र ललित राजवंशीले समान तीन–तीन विकेट लिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);