काठमाडौं, २६ मंसिर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जनताको चाहना अनुसार नै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन विजयी भईरहेको भन्दै खुशी प्रकट गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महासचिव पोखरेलले मुलुकको आवश्यकता र जनताको चाहनालाई सम्बोधन गर्न वाम गठबन्धन देशव्यापी रुपमा विजयी भईरहेको प्रतिक्रिया बताए ।
मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित विजय -यालीमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले जनताले मुलुकको समृद्धिका लागि बाम गठबन्धनलाई मतदान गरेको पनि स्मरण गरे ।
महासचिव पोखरेलले आफ्नो निर्वाचन क्षेत्रका जनताको चाहनालाई पूरा गर्न लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।