१६० क्षेत्रको नतिजा सार्वजनिक,एमालेको अग्रता, माओवादी दोस्रो स्थानमा | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

काठमाडौं, २६ मंसिर । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ १६५ क्षेत्रमा भएको निर्वाचनमध्ये बिहान ११ बजेसम्म १६० क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।

नेकपा एमाले ७७ क्षेत्रमा निर्वाचित भएको छ भने दोस्रो स्थानमा रहेको माओवादी केन्द्र ३६ र २१ क्षेत्रमा नेपाली कांग्रेस निर्वाचित भएको छ ।
मधेश केन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) ११ र संघीय समाजवादी फोरम १० क्षेत्रमा निर्वाचित भएका छन् ।

त्यसैगरी राप्रपा, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति र नेपाल मजदुर किसान पार्टी एकरएक क्षेत्रमा निर्वाचित भएका छन् भने हुम्लाबाट स्वतन्त्र सांसद छक्कबहादुर लामा निर्वाचित भएका छन् ।

जारी मतगणनामा नेकपा एमालेले चार क्षेत्रमा अग्रता लिइरहेको छ भने राजपाको एक क्षेत्रमा मा मात्र अग्रता रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);