तीन महिनामा ८६ अर्बभन्दा बढी अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तीन महिनामा ८६ अर्बभन्दा बढी अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त

काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना नेपालले ८६ अर्ब ४१ करोड रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । २०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता नेपालले प्राप्त गरेको हो । अर्थ मन्त्रालयका अनुसार सो अवधिमा अनुदान तर्फ ६ अर्ब ७१ करोड रुपैयाँ र ऋण सहायता तर्फ ७९ अर्ब ७० करोड रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता नेपालले प्राप्त गरेको छ ।  शिक्षा, खानेपानी तथा सरसफाई, वातावरण, सडक, सूचना सञ्चार प्रविधि, सिँचाई, उर्जा, रोजगारी लगायतका क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको अर्थले जनाएको छ ।

पछिल्लो तीन महिनामा नेपाललाई आर्थिक सहायता दिने प्रतिबद्धता गर्नेमा जापान (जाइका), इरोपेली युनियन, स्वीट्जरल्याण्ड, विश्व बैंक र दक्षिण कोरिया (कोइका) रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);