समानुपातिकतर्फ नेकपा एमालेको अग्रता यथावत, पछ्याउदै कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

काठमाडौं, २६ मंसिर । समानुपातिकतर्फको मतगणनामा सुरुदेखि नै अग्रता लिएको नेकपा एमालेले आफ्नो अग्रता अझै कायमै रहेको छ ।

एमालेलाई कांग्रेसले पछ्याइरहेको छ भने कांग्रेसपछिको मत माओवादी केन्द्रले पाएको छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एमालेले नौ लाख ३६ हजार ४४२ मत प्राप्त गरी अग्रस्थान लिइरहेको छ ।

यसैगरी कांग्रेसले आठ लाख ७८ हजार ८२४ मत हासिल गरिसकेको छ । त्यस्तै माओवादी केन्द्रको तीन लाख ८५ हजार ४३४ मत रहेको छ ।

आयोगको सूचना व्यवस्थापन शाखाका अनुसार, संघीय समाजवादी फोरम नेपालले ६४ हजार ९६ मत प्राप्त गरेको छ ।