काठमाडौं १ का लोसपा उम्मेदवार प्रकाश न्यायजुको समर्थन प्रकाशमान सिंहलाई | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

काठमाडौं १ का लोसपा उम्मेदवार प्रकाश न्यायजुको समर्थन प्रकाशमान सिंहलाई

काठमाडौं। काठमाडौ १ मा लोसपा उमेदवार प्रकाश न्यायजुले आफ्नो उमेदवारी निष्क्रिय पारेर कांग्रेस उम्मेदवार प्रकाशमान सिहलाई समर्थन गरेका छन् । सोमबार न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई भेटेर आफ्नो समर्थन रहेको उल्लेख गर्दै उम्मेदवारी निष्क्रिय पारेको जनाएका छन् । सत्तागठबन्धन र लोसपाबीच देशका सात निर्वाचन क्षेत्रमा तालमेल भएको छ । सोही कारण पनि न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई समर्थन गरेका हुन् ।

काठमाडौं १ मा सिंहका साथै एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार मैदानबीच प्रतिस्पर्धा हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);